Thursday, 25 April 2019

लघुकथा - बिकास
बालकृष्ण गजुरेल

साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् ।

...

उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो साथ दिइन् । के चाहियो र ? खोजेकै मिल्यो । छोरा छोरीहरु राम्र‌‌ै पढाए । अाफ्नो जीन्दगी खुशियालीमा बिताए।

उनी पैसामा बढि केन्द्रित थिए । फलस्वरुप : उनी पैसा प्रेमी बने । प‌ैसा उनको जीवन थियो । पैसा उनको पुजा थियो । पैसा उनको भगवान थियो । प‌ैसा उनको सर्वथोक थियो । नाता लगाउँदा पनि पैसाकै सौदा भयो खानदानी डन परिवार सित । पैसाकै रंगमा डुबेको मान्छे । अरुका अावस्यकता र इच्छा उनलाई कुन‌ै मतलब थिएन । त्यसैले होला महाशन्कि थिए । अरुसँग रिस उठ्यो कि त यो र त्यो लगाएर ठिक पार्छु भन्थे। मान्छेका अाँखा छलेर गाँजा पिउँथे ।

घर अगाडीको सडकमा खाडल थियो । उनी सुटबुटमा निस्केका थिए । एउटा ट्याक्सि स्पिडमा थियो । सहायद उसलाई सडकको वास्तुस्थिती थाहा थिएन । ट्याक्सीले हिलो छ्याप्यो । उनी रिसले चुरिएर छाडा शब्दमा गाली गर्द‌ै थिए - "साला.......... । " सडक छेउमा रहेको पानी पुरी ठेला वालाले साधुरामलाई देखाउँदै ग्राहकलाई भन्दै थिए - "बिकास भनेको यहि हो । मान्छे बिकसित भएसी त्यस्तो रुप देखाउँछ । " सबै पानी पुरी ग्राहक गलललललल..... हाँसे ।

See More

लघुकथा - अाशा
- बालकृष्ण गजुरेल

"यो श्वासले पनि कति टेन्सन दिन्छ ? बरु सजिलोसँग मर्न पाए हुन्थ्यो ।" हजुरअामाको गुनासो । " त्यहि त बुढी माउ , कति गनगन गर्नु परेको ? म‌ैले हजुरअामालाई शान्त्वना दिएँ । हजुरअामाको जीवनमा शास्ती थियो । बुढेसकालले अाँखा कम देख्नु हुन्थ्यो । कान कम सुन्नु हुन्थ्यो । हातगोडा लुला भएका थिए ।

...

घाम यसरी चर्कियो कि ! तातो कोइला जसरि । मलाइ खेतमा जानू थियो । खाजा खाएर खेतमा पानी लगाउन हिँडे । वरिपरि हरियो फाँट , विचमा हाम्रो खेत पर्थ्यो । अोरालो झरेर चौतारीमा बसेँ । चौतारीबाट हरियो फाँट हेर्न एक दम सुन्दर लाग्ने । झम्के बाजे पनि चौतारीमा भेट भो । बुढेस कालमा पनि तगडा थिए बाजे । सहायद , सुको मानो घिउ खाएर होला । नाम घिउको भए पनि हराभरा प्रकृतिको देन हो ।
"बाजे नमस्ते ! सबै कुरा महंगा जुन सरकार अाए पनि उही भो ।" मैले चिन्ता जनाएँ । "हेर बाबू ! रातपछि दिन आउँछ ।रात जति घना र डरलाग्दो बन्दै जान्छ , उति विहानी हुने समय नजिक हुँदै जान्छ । प्रकृतिको चक्र हो आशा मार्नु हुन्न ।" शान्तहुँदै भने । " भरोसा लागेन कसैलाई पनि । सब‌ैले मुख लत्राए । म बेँसी तर्फ हिँडेँ ।

See More

Sunday, 7 April 2019


गजल

गरिब देखिए महल र कार हुने हरु ;
वाइड बडीले डामेका भार हुने हरु।१।

...


गरेको देखियो प्रभुको खाते दारी मात्र ;
हनुमान भक्त दलाली बिचार हुने हरु ।२।

नेपालको बिकास देखेर दुनिया अचम्म भो रे;
कताबाट बोल्छन् हावाको संसार हुने हरु ।३।

भ्रष्टको कहिल्यै अनुहार नहेर्ने पुकार छ ;
दायाँ तथा बायाँ भ्रष्टका यार हुने हरु ।४।

निकम्बा लाग्दैछ चुनेर पठाएका संसद ;
कता छन् जन्ताका मान्छे र अाधार हुने हरु? ।५।

See More

गजल

नशा नशामा तिमी छेउ र पो म जीवित छु ;
तिम्रो जीवन मलाइ देउ र पो म जिवित छु ।१।

...

तिम्रो अोठमा खुशी ल्याउन सयौँ पटक मर्छु ;
मैले फेर्ने हर श्वाशमा रहेउ र पो म जीवित छु ।२।

जंगली जन्तु पनि रतिन्छ माया पायो भने ;
तिमी मानव प्रेमी भएउ र पो म जीवित छु ।३।

अाफु जस्तै मलाइ पनि सोचेर हेर प्रिया ;
रगतको कण कणमा बगेउ र पो म जिवित छु ।४।

सफल बन्न साथ दियौ भने पक्का सफल हुन्छु ;
यस्तै अाशा भरोसा बनेउ र पो म जिवीत छु ।५।

See More

गजल

स्वतन्त्र रचना कबिता सत्ताको बिपक्षमा हुन्छ
गीत रचक रचयिता सत्ताको बिपक्षमा हुन्छ

...

रमिता हेरी ताली बजाउने त्यो भजन भन्दा
समाजका पीडक पीडिता सत्ताको बिपक्षमा हुन्छ

भाडामा लेख्ने पत्रकार बाहेक बाँकी पत्रकार
कार्टुन स्तम्भ रमिता सत्ताको बिपक्षमा हुन्छ

बिपक्ष हुँदा तालीले स्वागत गर्छन् तिनै गीतलाई
भ्रष्टका बिरोधक बिधाता सत्ताको विपक्षमा हुन्छ

See More

लघुकथा - भजन न गाए नकरात्मक

गाउँभरी पढे लेखेका ब्यक्ति धेरै थिए । रामेशले पनि मास्टर पास गरेको थियो । पढेका अाफैँ रोजगारी गर्दथे । उनिहरुलाई राजनिती गर्ने चाहना थिएन । देवी प्रसाद पहिला अपराधिक क्रियाकलापमा जेल गएका थिए। जेलबाट निस्के पछि देशभक्त पार्टीमा लागे । चुनाव नजिक अाउँदै थियो । उनलाई पार्टीले गाउँको मुखियाको टिकट दियो । उनले जनता खुशी पार्न ठूला-ठूला भाषण ठोके । गाउँमा केबलकार , विश्वविद्यालय, एयर्पोर्ट इत्यादि बनाउने । शहर छेउको त्यो गाउँ ठूलो थियो ।

उनका पछाड...ी धेरै शिक्षित लागेका थिए । केही शिक्षित भने उनको समिप्यमा रहँदा निकै पैसा हात पर्छ भनेर गुलामी गर्थे । शिक्षित बर्गले हजुरी लगाएसी उनले धेरै काल्पनिक भाषण ठोके । गाउँलेलाई पनि देबी प्रसादले धेरै राम्रो गर्छन् भन्ने भान भयो । सबै गाउँले खुशी भए। रामेश लगायत अरु शिक्षित युवाहरुले उनको पक्षमा भोट मागे । वरिपरि भद्र भलाद्मीको फौजमा ठाँटिएका देबी प्रसाद राज नेता जस्तो लाग्दथ्यो । उनलाई गाउँलेले जिताए।

चुनाब पछि बजेट अायो । दिनहुँ देबी प्रसाद भोज भतेर गर्न थाले । अाफ्ना अासेपासे सबैलाई भोज दिए । न मोटर बाटो बन्यो । न गाउँमा अस्पताल । न कुनै कलेज । डाक्टर पढ्न ५० लाख तिर्नुपर्ने । गाउँले दिक्क भए । केही शिक्षित युवा धेरै चिन्तित भए । तिनीहरुलाई नबोली नहुने भो । रामेश पनि त्यहि युवा जमातमा थियो ।

देबी प्रसाद अाफ्ना अासेपासे शिक्षित युवालाई प्रयोग गरेर गाउँले अाफ्नो अधिनमा राख्दथे । केही बोल्यो भने उनका गुलाम गर्नेले गाउँलेलाई तर्साउँथे । चुनाव पछि देबी प्रसादले मुखिया कार्यालयमा शाला शाली भर्ना गरे । सबै शाला शाली बिदेश भ्रमण गर्न थाले । देबी प्रसादले भनेको केही पनि गरेनन् । जताततै अार्थिक घोटाला । अाश्वासन केही पनि पूरा गरेनन् । उल्टै तिरो बढि तिर्न पर्ने भयो । पत्रकार र मिडियाको अगाडि स्वर्ग जाने बाटो बनाउँछु भन्न बाहेक अरु सबै भन्न भ्याउँथे । गुलामीहरु मालामाल भए । सिधा गाउँले जिउँका तिउँ भए ।

रामेश लगायत ती शिक्षित युवालाई त्यो असह्य भयो । तिनीहरुले कबिता र गीतको माध्यम बनाएर बिरोध गरे । देबी प्रसादका गुलामीहरुले धम्कि दिए । बाँच्न मुस्किल हुने भो । तैपनि निर्डर बने । देबी प्रसादले जसो गरे पनि ठिक गरे भनेनन् । भजन गाएनन् । पुकार गरेनन् । अारती उतारेनन् । धुप ,दिप , नैबेद्य अादि गरेनन् । त्यसैले देबी प्रसादलाई ; रामेश र उनको समुह नकरात्मक लाग्यो । तीनीहरुको कबिता र गीत नकरात्मक लाग्यो । उनका गुलामीहरुले रामेश लगायतको समुहलाई नकरात्मक समूह भने । मानसिक ब्यक्तिहरुको जमात भने । जो जाने त्यहि भने । जस्तो क्षमता त्यस्तै देखाए । रामेशलाई अचम्म लागेन । उसले गाउँलेलाई सतर्क गराइ रह्यो ।

See More

गजल

नेपाल देश होइन बजार बन्दै अायो ;
कमाउ तिमी जसरि हजार भन्दै अायो।१।

...

बजार भन्या दलाल र फटाहाकै ठाउँ हो ;
बिश्वको खुल्ला व्यापारी एनजिअो धन्दै अायो ।२।

जहाँ बजार हुनेछ राजनिती धन्दा हुन्छ ;
सेवक खोइ कहाँ छन् ? सत्तामा अन्धै अायो।३।

क्षमता भएका जति बाहिरीँदै गएसी ;
प्रतिभा कहाँ रहन्छ? रकम गन्दै अायो ।४।

सक्नेले राख्छ थुपारी लुटेका ती खजाना ;
धन्दा चल्ने यो राज्यमा स्माइल कन्दै अायो ।५।

See More

लघुकथा - राम्रो
बालकृष्ण गजुरेल

"सुनेको हो! लाउने लुगा फाटो हाल्नुस् है । के पर्छ के पर्दैन । दुइ चार जोर लुगा हाल्नुस् । म अामालाई खाना पस्कन्छु । " चमेली बोलिन् भान्छाबाट । "हुन्छ-हुन्छ म कपडा हाल्छु , तिमी छिटो गरेर निस्क ।" रामेशले जवाफ दियो । रामेशलाई हतार थियो । उसले दुइटा टिसर्ट र प्यान्ट हाल्यो । एउटा सट हाल्यो । ऐनाको अगाडि बसेर कपाल मिलायो । "ह्या ! जति हेरे पनि म रामेश नै हुँ । ब्यक्तित्व सुन्दर भयो भने भैहाल्छ नि !" उसले अाफैँलाई शान्त्वना दियो । ब्याग बोकेर ...गाउँ जान निस्क्यो । चमेली पनि नभन्दै अाइपुगिन् ।

दुवै गाउँ जानलाई अाफ्नो गाडीमा बसे । पैसा कमाइ राम्रै थियो । रोजी छाडी बजारमा अाएका कपडा किनि नै रहन्थे । फेसन-फेसनका पहिरनले दराज खचाखच थियो । तीन घण्टाको यात्रामा हेलम्बु पुगे । गाडी साथीको सटरमा राखेर घरतर्फ बढे । बिहेको कारण घरभरि पाहुना थिए । "हेर लाज पचेको नखर्मौली अाधा फरक जस्तो लगाएर घरमा अाएकि । कस्तो लाज घिन हराएकि ? इज्जत भन्ने चिज पनि छैन ।" माख्लाघरे अामोइ जङ्घिन् । खत्रिनि जेठि पनि कसार बटार्दै कानेखुशि गर्दै भनिन् - "होइन देश अनुसारको भेष गर्न नजानेकि अाइमाइ रहिछ । गाउँका भलाद्मी सासू शशुराको अगाडि ठाउँ अनुुसारको लुगा लगाउनु पो फेसन । के जाती स्कट लगाएर नाइटो र तिघ्रा देखाउँदै अाएर अाफुलाई धनी देखाएकि होलि " । रामेश वाक्क न बक्क भो । उसले श्रीमतीको पहिरनमा ध्यान नै दिएको थिएन । कुरा काट्नेको कुरा नसुनेको जसरि अामाबालाई ढोगिदियो । कोसेली अामाको हातमा दियो ।

टुसुक्क के बसेको थियो । चमेलीले मुख चुच्चो पारेर सेल्फि खिचि्दै थि नन्दसँग। स्कटले तिघ्रा भन्दा तल छोपेका थिएनन् । टि सर्टले अाधा शरीर मात्र छोपेको थियो । " बूढो मेरो ड्रेस कस्तो छ?" चमेलीले सोधी । पाहुना पाछा सबै खितितिति मुख छोपेर हाँसे । रामेश वाक्क न बक्क भो । अाफ्नो श्रीमती त्यत्रो मान्छेको अगाडि के भन्नु , अफसोच ! "अँ राम्रो देखिएकि छेउ त्यो ड्रेसमा ।" छाती गह्रुंगो बनाएर रामेश बोल्यो । रामेश पसिनै पसिना भयो । ठाउँ अनुसार लुगा नलाइदिएकोले उ चिन्तित भयो ।

See More

लघुकथा - राम्रो
बालकृष्ण गजुरेल

"सुनेको हो! लाउने लुगा फाटो हाल्नुस् है । के पर्छ के पर्दैन । दुइ चार जोर लुगा हाल्नुस् । म अामालाई खाना पस्कन्छु । " चमेली बोलिन् भान्छाबाट । "हुन्छ-हुन्छ म कपडा हाल्छु , तिमी छिटो गरेर निस्क ।" रामेशले जवाफ दियो । रामेशलाई हतार थियो । उसले दुइटा टिसर्ट र प्यान्ट हाल्यो । एउटा सट हाल्यो । ऐनाको अगाडि बसेर कपाल मिलायो । "ह्या ! जति हेरे पनि म रामेश नै हुँ । ब्यक्तित्व सुन्दर भयो भने भैहाल्छ नि !" उसले अाफैँलाई शान्त्वना दियो । ब्याग बोकेर ...गाउँ जान निस्क्यो । चमेली पनि नभन्दै अाइपुगिन् ।

दुवै गाउँ जानलाई अाफ्नो गाडीमा बसे । पैसा कमाइ राम्रै थियो । रोजी छाडी बजारमा अाएका कपडा किनि नै रहन्थे । फेसन-फेसनका पहिरनले दराज खचाखच थियो । तीन घण्टाको यात्रामा हेलम्बु पुगे । गाडी साथीको सटरमा राखेर घरतर्फ बढे । बिहेको कारण घरभरि पाहुना थिए । "हेर लाज पचेको नखर्मौली अाधा फरक जस्तो लगाएर घरमा अाएकि । कस्तो लाज घिन हराएकि ? इज्जत भन्ने चिज पनि छैन ।" माख्लाघरे अामोइ जङ्घिन् । खत्रिनि जेठि पनि कसार बटार्दै कानेखुशि गर्दै भनिन् - "होइन देश अनुसारको भेष गर्न नजानेकि अाइमाइ रहिछ । गाउँका भलाद्मी सासू शशुराको अगाडि ठाउँ अनुुसारको लुगा लगाउनु पो फेसन । के जाती स्कट लगाएर नाइटो र तिघ्रा देखाउँदै अाएर अाफुलाई धनी देखाएकि होलि " । रामेश वाक्क न बक्क भो । उसले श्रीमतीको पहिरनमा ध्यान नै दिएको थिएन । कुरा काट्नेको कुरा नसुनेको जसरि अामाबालाई ढोगिदियो । कोसेली अामाको हातमा दियो ।

टुसुक्क के बसेको थियो । चमेलीले मुख चुच्चो पारेर सेल्फि खिचि्दै थि नन्दसँग। स्कटले तिघ्रा भन्दा तल छोपेका थिएनन् । टि सर्टले अाधा शरीर मात्र छोपेको थियो । " बूढो मेरो ड्रेस कस्तो छ?" चमेलीले सोधी । पाहुना पाछा सबै खितितिति मुख छोपेर हाँसे । रामेश वाक्क न बक्क भो । अाफ्नो श्रीमती त्यत्रो मान्छेको अगाडि के भन्नु , अफसोच ! "अँ राम्रो देखिएकि छेउ त्यो ड्रेसमा ।" छाती गह्रुंगो बनाएर रामेश बोल्यो । रामेश पसिनै पसिना भयो । ठाउँ अनुसार लुगा नलाइदिएकोले उ चिन्तित भयो ।

See More

लघुकथा -सम्झौता
बालकृष्ण गजुरेल

"सबैलाई नमस्ते छ है ।" सरिताले कोठाको ढोका बाटै स्वस्ति गरि । कपाल हातले चलाइ । मुसुक्क हाँसेर कुर्सीमा बसि । सामुन्नेमा रामेश बसेको थियो । बिहेको कुरा गर्न रामेशलाई बोलाइएको थियो । रामेशले पनि तलदेखी माथी सम्म नियाल्यो । डिग्री पास गरेको मान्छे अाफैँमा शिक्षित । हँसिलो मुहार , ठाडो शिर ....।

...

सरिताको बा धनाड्य थिए । उनको व्यापार थियो । हरेक शब्द र वाक्यमा पैसाको ठर्रो गन्ध निस्कन्थ्यो । मानौँ, पैसा उनको पुजा थियो । पैसा उनको जीन्दगी थियो । पैसा उनको भगवान थियो । पैसा उनका नातेदार थिए । पढेको रामेशको कुरो अाएपछि डटेर पछि परेका थिए । उनले मुख खोले -"हजुरलाई मेरो छोरी कस्तो लाग्यो ? ठिक छ भने बिहेको कुरो छिनौँ ।" रामेश एकछिन शान्त बस्यो । बा पटि नजर लगायो । मामा पटि नजर लगायो । सबैको नजर हुन्छ भनेर बोलिरहेका थिए । "हजुर हुन्छ नि । हामी गाउँका मान्छे परेम । शहरमा घर घँडेरी छैन । सिधा काम गरेर हजुरको छोरी पाल्न सक्छु ।" उसको जवाफमा कुनै कपट थिएन । बिहे तोकियो । बाजा बजाएर धुमधाम बिहे भयो ।

बिहे पछि रामेश छ महिना बेरोजगारी भयो । उ चिन्तित भयो । चिन्ताले उसको खुशी निल्यो । सपना निल्यो । अास्था र बिस्वासहरु निल्यो । शशुराली गयो खाली पैसाको मात्र कुरा गर्ने । सन्चो बिसन्चो पनि नसोध्ने । यति र उति पैसाकै मात्र चर्चा गर्ने । रामेश वाक्क भयो । सरिताले पनि कहिले रानी हार भन्न थालि। कहिले टेलि सिरियलका मोडलले लगाएका जस्ता कपडा । बिचरा ! रामेश , हावु काबु भयो । हरेक पटक श्रीमती बाटै अपमानित भयो । सरितासँग सम्बन्ध गाँसिएन । पारिवारिक माया र अास्थाहरु गाँसिएन । पैसा प्रेम र हेपाइले उसको जीवन एक सम्झौता बन्न पुग्यो । सम्झौतामा बाँच्नु छ उसलाई । थाहा छैन भोलि सम्झौता तोडिने दिन । तहि पनि अाँशु पिएर बाँच्नु छ उसलाई , अन्तिम श्वास सम्म । सहायद श्वास रोकिन सक्छ कुनै दिन ।

See More

लघुकथा -सम्झौता
बालकृष्ण गजुरेल

"सबैलाई नमस्ते छ है ।" सरिताले कोठाको ढोका बाटै स्वस्ति गरि । कपाल हातले चलाइ । मुसुक्क हाँसेर कुर्सीमा बसि । सामुन्नेमा रामेश बसेको थियो । बिहेको कुरा गर्न रामेशलाई बोलाइएको थियो । रामेशले पनि तलदेखी माथी सम्म नियाल्यो । डिग्री पास गरेको मान्छे अाफैँमा शिक्षित । हँसिलो मुहार , ठाडो शिर ....।

...

सरिताको बा धनाड्य थिए । उनको व्यापार थियो । हरेक शब्द र वाक्यमा पैसाको ठर्रो गन्ध निस्कन्थ्यो । मानौँ, पैसा उनको पुजा थियो । पैसा उनको जीन्दगी थियो । पैसा उनको भगवान थियो । पैसा उनका नातेदार थिए । पढेको रामेशको कुरो अाएपछि डटेर पछि परेका थिए । उनले मुख खोले -"हजुरलाई मेरो छोरी कस्तो लाग्यो ? ठिक छ भने बिहेको कुरो छिनौँ ।" रामेश एकछिन शान्त बस्यो । बा पटि नजर लगायो । मामा पटि नजर लगायो । सबैको नजर हुन्छ भनेर बोलिरहेका थिए । "हजुर हुन्छ नि । हामी गाउँका मान्छे परेम । शहरमा घर घँडेरी छैन । सिधा काम गरेर हजुरको छोरी पाल्न सक्छु ।" उसको जवाफमा कुनै कपट थिएन । बिहे तोकियो । बाजा बजाएर धुमधाम बिहे भयो ।

बिहे पछि रामेश छ महिना बेरोजगारी भयो । उ चिन्तित भयो । चिन्ताले उसको खुशी निल्यो । सपना निल्यो । अास्था र बिस्वासहरु निल्यो । शशुराली गयो खाली पैसाको मात्र कुरा गर्ने । सन्चो बिसन्चो पनि नसोध्ने । यति र उति पैसाकै मात्र चर्चा गर्ने । रामेश वाक्क भयो । सरिताले पनि कहिले रानी हार भन्न थालि। कहिले टेलि सिरियलका मोडलले लगाएका जस्ता कपडा । बिचरा ! रामेश , हावु काबु भयो । हरेक पटक श्रीमती बाटै अपमानित भयो । सरितासँग सम्बन्ध गाँसिएन । पारिवारिक माया र अास्थाहरु गाँसिएन । पैसा प्रेम र हेपाइले उसको जीवन एक सम्झौता बन्न पुग्यो । सम्झौतामा बाँच्नु छ उसलाई । थाहा छैन भोलि सम्झौता तोडिने दिन । तहि पनि अाँशु पिएर बाँच्नु छ उसलाई , अन्तिम श्वास सम्म । सहायद श्वास रोकिन सक्छ कुनै दिन ।

See More

लघुकथा-अाफन्त
बालकृष्ण गजुरेल

रामेश सिकिस्तै छ । हल न चल भएर लडिरहेको छ । शायद, त्यो सुताइ चिर निन्द्रामा परिणत हुन सक्छ । सहयोगी चिन्ने बेला पनि त्यहि हो । सकेको सहयोग गरिरहेकै थियो । सक्दा उ अाफैँ काफी थियो । पूरा गाउँकै सहयोगी थियो । बिहेमा , भोजमा , पुजामा र रमाइला अवसरमा दुश्मन पनि सरिक हुन्छन् । ताली बजाउँछन् । मनमा कटुता भए पनि कामना ब्यक्त गर्दछन् ।

...

धेरै महिना देखि थलिएकोले रामेश , शिथिल छ । घरमा बाअामा बुढा छन् । दिदिबहिनी पराइको घरमा । खुवाउनलाई पनि उठाउनु पर्छ । छिमेकीको नाताले हर्केले रामेशलाई अस्पताल लग्यो । रामेशका नातेदार कोही पनि अाएनन् । हर्केको फोन मुस्किलले उठाए पनि समय नभएको भाव प्रकट गरे। भोज र पार्टीमा संलग्न भएको फोटो सामाजिक सञ्जालमा हालि रहेका थिए। नेता सँग कार्यक्रममा संलग्न फोटो पोष्टाइ रहेका थिए। छिमेकीका अाफन्त उसले चिनेको छ । ठूला-ठूला पदमा छन् । शहरमा ठूला-ठूला घर छ । मन्त्रि सँग फोटो शेसन गर्छन् । उनिहरुकै वाकपत्र जसरि देश बिकास र पार्टीका सिध्दान्त , सामाजिक सञ्जालमा पोखिरहेका हुन्छन् ।

पैसाले पुरिएका ती गरिब लाग्यो उसलाई । अाफ्नो पन नभएका अाफन्त , नामको मात्र अाफन्त तर पत्थर लाग्यो । जड वस्तु; रोबोट लगायतका खेलौनाले मानव संवेदना प्रकट गर्न थाले । यस युगको मानब बरु जड लाग्यो । ढुंगा जस्तै जड । जसमा मानव संवेदना हुँदैन । चिल्ला सवारी साधनले चलायमान भएका सजिबहरु ।

See More

लघु कथा -चार सर्को
बालकृष्ण गजुरेल

चमेली सम्भ्रान्त परिवारको युवती हुन् । बाबू मन्त्रालयको अधिकृत र अामा एन जि अो को डाइरेक्टर । अाफ्नो छोरीका हरेक चाहना पुर्ति गरेका छन् उनका बा अामाले । चमेली खुशिमा बढेर हो कि देख्दै खाइलाग्दी । सुन्दर चेहरा , बारुली कम्मर , ठुला-ठूला अाँखा अादी इत्यादि । बयान गरेर साध्य छैन । कमर्सियल मोडल फ्लप हुन्छन् उनको अगाडि । उनका फ्यान कति कति । चाहने युवक कति कति । १७ बर्षमै स्नातक तेस्रो बर्षमा अध्यन गर्थिन् । पढाइमा तेस्तै अब्बल ।

...

अरु जस्तै उनी पनि सोसल साइडबाट अछुत हुन सकिनन् । फेसबुक खोलिन् । नयाँ फ्राइण्ड रिक्वेष्ट अाएको रहेछ । तस्बिर हेरिन् , ह्यण्सम लाग्यो । फ्राइण्ड एसेप्ट गरिन् । एसेप्ट गर्ने बित्तिकै च्याट शुरु....।
- "सञ्चै हो?"
- " सञ्चै छु ।"
- " कति राम्री हो परि जस्ति ।"
- "धन्यवाद ! हजुर पनि सुन्दर हुनुहुन्छ ।"
- "कसम ! हाम्री अामाले यस्तो बुहारी पाउँदा भाग्यमानी हुन्छिन् ।"
- " अति नभन न । भेट्न पाएको छैन , एकै पटक बुहारीको कुरा । अाउट अफ कन्टेक्स । "
- " ठिकै छ त बुहारी नभनौला । भेट्दैमा के जान्छ र? अाज शिव रात्री के छ योजना ? पशुपति जानी हो ? "
- " खोइ? ड्याडी ममिले गाली गर्नु हुन्छ ।"
- " मन्दिर जाँदा किन गाली गर्नु नि? "

शुरुमा शुन्तलीले मानिन । १७ बर्षको युवती त्यसमाथी बिपरित लिंगीको अाकर्षण । कौतुहलता बढ्यो । भेट्ने रहर बढ्यो । पशुपति जान बा अामाको अनुमति लिएर घरबाट हिँडिन् । चाबहिलमा भेट्ने योजना अनुसार गाडी चढेर चावहिल झरिन् । पिपल बोट मुनि उभिरहिन् । "हेलो सुन्तु ! फेसबुकमा भन्दा वास्तविक सुन्दर रहिछौ । म राम । " उक्त युवक बोल्यो । "धेरै मख्ख नपार । मख्खन धेरै नलगाउ क्या । तिमी पनि ह्याण्सम छौ ।" सुन्तलिले भनिन् । बोलिचाली शुरु.....। एक अापसमा हात मिलाए । " पशुपति नाथको दर्शन गर्न सकिँदैन । बरु यो बाटो पूरा घुमेर गुह्येश्वरी निस्कम् ।" रामले अनुरोध चडायो । " हुन्छ -हुन्छ । " सुन्तलीले टाउको हल्लाउँदै अनुरोध स्विकारिन् ।

चाबहिलबाट अोरालो झरेर अार्यघाट पुगे । अार्यघाट बाट बाग्मतीको किनार हुँदै भिड छलेर पशुपति नाथ मन्दिरको ठिक पारि पट्टि पुगे । हिँड्दा - हिँड्दा थकाइ लागेकोले सुन्तलीले अनुरोध गरिन् - "एक छिन बसम् न! धेरै हिँडियो । कस्तो खुट्टा दुख्यो के ।" रामले बस्ने ठाउँ देखाउँदै भन्यो- "उ त्यहाँ बस्ने ठाउँ रहेछ त्यहाँ बसम् ।" केही सिँडी चढेर दुबै जना बसे । दुबैले एक अर्काको तारिफ गरे । गफ चल्दै गयो .....। वरिपरि सबै शिवरात्रीको प्रसाद भन्दै गाँजा तानिरहेका । "हेर न! अाज गाँजा तान्नु पर्छ रे ! शिवको प्रसाद रे ! भगवान शिवलाई खुशी पार्न अाजको दिन गाँजा खायो भने शिव खुशी भएर मनले चाहेको वर दिन्छन् रे ।" रामले फकाउन थाल्यो । " ह्या ! नचाहिने कुरा ।" सुन्तली बम्किन् । धेरै पटक अनुरोध पछी ....... उनले अाग्रह मानिन् । रामले गाँजा ल्यायो । उसले पहिला चार सर्को तान्यो । त्यसपछि सुन्तलीलाई दियो । उनले चार सर्को तानीन् । सुन्तलीलाइ घुमाउन थाल्यो । त्यस पछि थाहा भएन ।

निन्द्रा खोल्दा अाफुलाइ होटलको बेडमा एक्लै पाइन् । सबै कपडा खोलिएकि .....निर्बस्त्र । एकछिन त सपना जस्तो लाग्यो । अाफ्नै तिघ्रामा चिमोटिन् । विपना नै भन्ने भो । पसिना नै पसिना भइन् । धेरै बेर रोइन् । उनका अंग प्रत्यंग पहिलाको जस्ता थिएनन् । लुगा तानेर लगाइन् । लौ ! अाइफोन् गायब । झन् पिर थपियो ।

See More

लघुकथा -भुक्ने कुकुर
बालकृष्ण गजुरेल

सालु खेतका साहुले मान्छेको भरोसा नलागे पछि कुकुर पालेका थिए । हुन पनि हो आजकाल मान्छे भन्दा कुकुर बफादारी छन् । बेइमानी गर्दैनन् । मालिकको जे खायो बफादारी हुन्छ ।

...

मासुका टुक्रा देखि खानेकुरा खाएर कुकुर मोटायो । बलियो पनि भो । उसले पहिला जस्तो भुक्न छोड्यो । बेला न कुबेला भुक्छ । केही भयो कि भनेर साहु जि उठ्छन् र हेर्छन् । बिना तुक भुकिरहेको छ । मानौ ठूलै घटना जसरि । कैयौँ दिन देखि सुत्न पाएका छैनन् । गाउँका अाफ्ना बिपक्षलाई अाफ्नै घरमा अाउँदा खेरी टोकेर गाउँ भरि बस्नु खानु छैन । गाउँ भरि बिरोधै बिरोध । त्यस‌ैले साहु जी कुकुर फेर्ने सोचमा छन् ।

See More

लघुकथा - ताली
बालकृष्ण गजुरेल

रमिता सुनार नामै अर्थपुर्ण छ । दलित कोटामा पि एच डी गर्ने महिला । जिल्लाकै अभियनता । सबै महिलाहरुको भरोसा ।

...

उनी भाव बिह्वल भइन । जब सानो थिइन पढ्न पर्छ भनेर उनको बाबाले मात्र भन्दथे । अामा घरको काम गरेमा खुशि हुने । दुःखका पहाड थिए उनको जीवनमा । मृत्युलाई जीत्नु थियो प्रत्येक पटक । कहाँ सहज थियो जीउन । झन् दलित महिलाले पढ्न ।

कक्षा चार सम्म उनी चानचुने विद्यार्थी थिइन् । बार्षिक उत्सबमा उनले हाजिर जवाफमा भाग लिन पाइन् । उनको समूह द्वितीय भयो । सबै उपस्थिती भिडले ताली बजायो । त्यो तालीले उनलाई प्रोत्साहन थप्यो । त्यसपछि उनले कहिल्यै पछि मोडेर देखिनन् ।

मञ्चमा राष्ट्रपति , बुध्दिजिवि, कुटनिती नियोगका अधिकारिहरु र मन्त्रीहरु । उद्घोषिकाले नाम बोलाउँछिन् "गोरखा दक्षिण बाहु पदक लिन अाउँदै हुनुहुन्छ डा. रमिता सुनार । हलमा जोडदार तालिले स्वागत हुन्छ । उनी बिगत सम्झेर सुकसुकाउँछिन् ।

See More

लघुकथा -अस्तित्वको लडाइँ
बालकृष्ण गजुरेल

रामु काका गाउँका भद्र मान्छे । सहयोग नगरेका ब्यक्ति नेभेटिएला खोज्दा । अरुको उध्दारमा जीन्दगी बन्धकि राखे , अाफुले कष्ट अँगालि ।

...

मान्छे हो मर्नु पर्ने । समयान्तरमा उनको मृत्यु भयो । पूरा गाउँले खनिए मलामी । संयोगबश त्यहि घाटमा एक भ्रष्ट नेताको लास पनि जलाइरहेको थियो । रामु काकाका मलामीमा भिन्न चिन्ता थियो । गुमाउन परेकोमा दुखेसो थियो । भ्रष्ट नेताको मलामी करकापले अाएका थिए । मलामी बराबर पचास बीस । दुबै तर्फका मलामीलाई रामु काकाको अस्तित्व खड्कियो ।

See More

लघुकथा - "नि:शब्द"
बालकृष्ण गजुरेल

"धिम्कार छ त्यस्ति असतिलाई । त्यस्ता शिशु छोडेर पोइल गइछ ।" खड्किनि माइलीले धारे हात लगाइन् । हुन पनि हो, बिकास दुई बर्षको र छ महिने बहिनी छोडेर उसकी अामा निर्मला पोइल गई । सिधा देखेसी गरि खाँदैन भन्ने शब्दको चरितार्थ भयो बिकासको बाउको ।

...

गाउँको खेतवारी । गरिखान जति पनि भको । क्षणिक यौनको तृप्ततामा परिवार छोडी । सबै तृप्तता अाफ्नै श्रीमानमा खोजेको भए सबैको सम्मानको पात्र हुन्थी । श्रीमान हर्ता कर्ता नै थियो । गहुँ गोरो , अग्लो , लाम्चो चिउँडा भको श्रीमान गाउँकै सुशील र सिधा हो । उसले छोरो पढायो । बिकास ठूलो भयो । इमानदारी र इज्जतदारी हुनाले समुदायमा नाम चल्यो ।

उ हेड मास्टर भएर लामीडाँडामा गयो । उक्त गाउँमा विशाल एक गरिब विद्यार्थी थियो । उसको हालत देखेर उसले छात्रबृध्दी अाफ्नै पकेटबाट दियो । एक दिन विशाल रुँदै बिद्यालय दाखिफ भो । मानबताको त्यो खम्बा पग्लियो मैन बनेर । "विशाल , लु घर देखाउन मलाइ लिएर जाउ । म तिम्रो बाबा अामासँग भेट्न चाहन्छु । " बिकासले अाग्रह चढायो । गुरुको अाग्रह उसले स्विकार्यो ।

दुबै जना बिशालको घर गए । बिशालको अामाको मातृत्वमा उसले अाफ्नो अामाको मातृत्व देख्यो । टालेको चोलो र मैलो फरियाले गरिबको नाजुक अवस्था बोल्यो । बुढेस कालको त्यो शरिर खुट्टाले जिनतिन धानेर उभ्याएको थ्यो । " सर , चिया खाउँ न ।" बिशालको अामाले चिया हातमा लिँदै अाग्रह गरिन् । चिया लिएर खाटमा के बसेको थियो । हात खुट्टा गले । उ पहाडबाट झरेको जस्तो भो । अाँखा रसाए । त्यो फोटो उसको जवानी बेलाको अाफ्नी अामाको थियो । उ निशब्द भयो । चिया छोडेर जुरुक्क उठ्यो र फटाफट घर फर्क्यो ।

See More

लघुकथा - "खिसिटिउरी
बालकृष्ण गजुरेल

लेख्ने कलमको काम , कलम चलाउने मेरो काम । समयानुकुल कबिता , गजल , लघुकथा लगायत रचना कोरिरहन्छु ।

...

२०६२ सालको अान्दोलनमा ब्यंग्य रचनाले डाम्ने हामी थियौँ । जन भावना उजागर गरि उर्जा थप्ने जम्मा चार जना थियौँ गोपी कृष्ण हल अगाडि । अरु , तास खेलेर म नेकपा एमाले , म कांग्रेस , म जनमोर्चाको नेता भन्दै थिए । फोनबाट हाल बताउँदै थिए । पछि अान्दोलनले उग्र रुप लिएपछि दंगा मच्चाउन निस्केका थिए नेता नामका पात्रहरु । तासको खाल छोडेर । अवजस उनिहरुले लिए ।

परिवर्तन कलमले गर्छ नेताले होइन भन्ने त्यही बेला लागेको थियो । नेता त फाइदा लिने सजिव जीव हो । जीवित छ भन्नलाई अरुले चलायमान गर्नुपर्छ । म अाफ्ना राजनितीमा लागेका साथीहरुलाई फुल जस्तै मन पराउँथेँ । भगवान जस्तै मान्दथेँ । उनिहरुले निचा देखाउन छोडेनन् । गजल लेख्यो त्यस्तै । कथा लेख्यो त्यस्तै । रचनात्मक सहयोग पो गर्ने हो । जानकारी छ भने सघाउने हो । समाजिक सञ्जालमा खिसिटिउरी गर्ने होइन । इज्जत लिलाम गर्ने होइन । गल्ति हुन्छ तर सुझाव दिने हो ।

See More

गीत

न फुल हो या काँडा , जीन्दगी के हो के हो
न मैदान या डाँडा , जीन्दगी के हो के हो
न फुल..............
=========================
भन्नेले जीवन खुशी , भनेर भनिदिए
अाँशू पिलाई हाँसो , अोठमा बनिदिए
नजिक हो या टाढा , जीन्दगी के हो के हो
न मैदान या डाँडा , जीन्दगी के हो के हो
न फुल.............

पीडा लुकाई छातीमा , रुन्चे हाँसो हाँस्नु छ
अञ्जान सँग हामीले ,नाता यहाँ गास्नुछ
न रंगिन न गाढा , जीन्दगी के हो के हो
न मैदान या डाँडा , जीन्दगी के हो के हो
न फुल.....

रोएको छ पलपलमा, सहज छैन भन्न
कति लड्यो होला उ , ठूलो मान्छे बन्न
न बन्धन हो या छाडा जीन्दगी के हो के हो
न मैदान या डाँडा जीन्दगी के हो के हो
न फुल ...............

See More

लघुकथा-अचम्म
बालकृष्ण गजुरेल

रामेशले मास्टर सक्यो । पढाइको चिन्ता पछि उसलाई फ्रेस हुन मन लाग्यो । फ्रेस हुन कता जाने ? एकछिन वाक्कबक्क पर्यो । एकछिन घोरिएपछि .... पोखरा जाने निर्णय बनायो । शुक्रबार बुध्द एयरमा पोखरा लाग्यो । लेक साइडको रिसोर्टमा रुम लियो । उसलाई घुम्न मन लाग्यो । लेक साइड पैदलले घुम्ने निश्चय गर्यो । पैदल यात्रामा निस्क्यो । विदेशी पर्यटक र स्वदेशी पर्यटकले भरि भराउ पोखरा स्वर्ग भन्दा कम छैन । धर्तिको स्वर्ग त्यसै भनिएको हो र? लेक साइड सबै भरि भराउ थ्यो ।

...

उसले यताउता नजर दौडायो । सुन्दरताको खानी । फेवामा माच्छापुच्छ्रे देख्न सकिने । अति रमणिय । बयान गरेर साध्य छैन। उसले फेवाको किनारको बाटो लियो । हिँड्दै जाँदा एउटा युवतिसँग अाँखा जुध्यो । देख्दा ५ फिट ३ इन्चको उचाइ । कसिलो ज्यान , पुष्ट नितम्बा , बारुली कम्मर , हँसिलो अनुहार । ठाडो शिर अादी इत्यादी । भनेर साध्यै छैन । अति सुन्दर युवती । " सुन्नुस् न ! हजुर एक्लै हो ? उसले रामेश तिर इशारा गरि । " हजुर , एक्लै छु ।" रामेशको जवाफ । "दुबै जना सँगै घुमौन ! हुन्न र! " युवतीको अाग्रह । " हुन्छ नि ! बरु नाम के पर्यो हजुरको ? " रामेशले जान्ने चृष्टा गर्यो । " लजावती" युवतिले जवाफ दिइन् ।

सुन्दर युवती भगवानले जुराएका जस्तो भो रामेशलाई । घुम्दा घुम्दै दुबैजना नजिकिए । यति नजिकिए कि जोडी जस्तै बने ।लजावतिले अाफ्नो घर जान अाग्रह गरिन् । शुरुमा नमानेपनि पछि मान्न पर्ने भो रामेशलाई । भब्य बंगलामा एकल युवती । लजावतिले खाना पकाइ । रामेशले टि भि हेर्यो । " सुन्नु न खाना पाक्यो, खाना खानलाई हात धुनस् न ! " लजावतिले खाना खान अाग्रह गरिन् ।दुबैले खाना खाए । लजावतिले अाधा तिघ्रा सम्म ढाक्ने नाइट ड्रेस लगाएर अाइन्
। रामेश पनि सिधा , पढेको , गहुँ गोरो , देख्नमा सुन्दर थियो । बत्ति निभ्यो । एउटै बेड एउटै अोछ्यान । सबै सम्बन्ध भयो । एक अर्काले अाफ्नो मानेर शारिरिक सम्बन्ध राखे । दोस्रो दिन पनि त्यसै गरि दोहोरियो ।

तेस्रो दिन रामेशलाई गाडीमा राखेर एयर्पोर्ट सम्म लज्जावतिले छाडिन् । रामेश बुध्द एयरमा काठमाण्डौ फर्क्यो । एक महिना पछि लज्जावतिको मोबाइलमा सम्पर्क हुन सकेन । रामेश अात्तियो । अाँखाभरि अाँशु अाँशु भो । उ हाल खबर बुझ्न पोखरा लाग्यो । घर बन्द थियो । छिमेकलाई सोध्दा अमेरिका गएकि छिन् भन्ने खवर पायो ।

लज्जावति बिवाहित थिइन् । उनी सम्पन्न शाली परिवारकि थिइन् । श्रीमानको व्यापार थियो । दुबैको सन्तान थिएन । बिबाहको छैठौँ बर्ष हुँदा पनि बच्चा नभएपछि अस्थिर जिन्दगीको चिन्ताले सताएको थियो । लज्जावति गर्भिणि भइन् । घरमा खुशिले छायो । दुई बर्ष पछि न्युरोडमा एक्कासी पछिबाट अावाज अायो - " सुन्नुस् त !" उ पछाडी फर्क्यो । हातमा छोरो थियो । काटी कुटी रामेशको अनुहार । लज्जावतिले चिनाउँदै भनिन् उहाँ मेरो श्रीमान । उ मेरो साथी रामेश । रामेश अचम्म भो । अक्क न बब्क भो ।

See More